अन्जन बिष्टले ६४ मिनेटमा यमनविरुद्ध हानेको उत्कृष्ट प्रहार गोलरक्षकले रोकेका छन्। अन्जनले दोस्रो हाफमा डिबक्स बाहिर पाएको पासलाई दोस्रो बारमा च्यापेर उत्कृष्ट प्रहार गरेका थिए। उनको प्रहार यमनी गोल पोस्टतर्फ गएको थियो। तर, त्यसलाई डाइभ गर्दै पञ्च गरेर गोलरक्षकले बाहिर पठाएका थिए। यसपछि नेपालले कर्नर पाएको थियो।