नेपालविरुद्ध एसियन कप छनोटअन्तर्गत हाल हलचोकमा भइरहेको खेलमा यमनका मिडफिल्डर मोहम्मद नबिल खतरनाक देखिएका छन्। उनले १्१ मिनेट भित्र नेपाली गोल पोस्टमा प्रहार गरिसकेका छन्। र, दुवै पल्ट नेपाली गोलरक्षक किरण चेम्जोङले बचाऊ गरिसकेका छन्।
नबिलले खेल सुरु भएको पाँच मिनेटमै पहिलो प्रहार गरेका थिए। जसलाई चेम्जोङले उत्कृष्ट बचाऊ गरेका थिए। ११ मिनेटमा उनले डिबक्स भित्र राम्रो पास पाएका थिए।