मंगलबार भएको एसियन कप अन्तरगतको नेपाल र यमनबीचको खेलमा सुजल श्रेष्ठको फ्रिकिकमा यमनका डिफेन्डर मैदानमै ढलेका छन्। खेलको ३० मिनेटमा डिबक्स नजिकै अन्जन बिष्टलाई लडाएपछि नेपालले फ्रिकिकको अवसर पाएको थियो।
जसमा सुजलले फ्रिकिक प्रहार गरेका थिए। उनको प्रहार विपक्षी डिफेन्डरलाई लागेपछि मैदानमा ढलेका थिए। कप्तान विराज महर्जनले मैदानमा खेल भावनाको परिचय देखाउँदै बल आफ्नो नियन्त्रणमा भएपनि बाहिर फ्याँकेका थिए।
सबै तस्बिरः नारायण महर्जन