एसियन कप छनोटअन्तर्गत यमनविरुद्ध आज ३ बजेदेखि सुरु हुने खेलमा नेपालले स्ट्राइकरको भूमिकामा भरत खवास र नवयुग श्रेष्ठलाई उतार्ने लगभग पक्का भएको छ। विमल घर्तीमगर प्लेइङ सेटमा हुने छैनन्। उनको स्थानमा मिडफिल्डमा विशाल राईले मौका पाउने सम्भावना बलियो छ।
यमनविरुद्धको खेल अघि बिहान राष्ट्रिय टोलीका जापानी प्रशिक्षक क्योटोकु कोजुसँग भएको बैठकपछि यो निर्णय भएको सहायक प्रशिक्षक राजुकाजी शाक्यले सेतोपाटीलाई जानकारी दिए।
मिडफिल्डमा विशाल राईसँगै रोहित चन्द र अन्जन बिष्ट समावेश हुनेछन।