नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले ललितस्मृति युथ–१९ फुटबल प्रतियोगिताको उपाधि जितेको छ। गत वर्षको च्याम्पियन आर्मीले फाइनलमा सकंटा क्लबलाई १–० ले पराजित गर्ने क्रममा उपाधिको रक्षा गरेको हो।
आर्मीको जितमा ५२ मिनेटमा आरिक बिस्टले २२ यार्ड टाढाबाट निर्णायक गोल गरेका थिए। उपाधि विजेता आर्मीले ३ लाख र उपविजेता संकटाले डेढ लाख प्राप्त गर्यो।
प्रतियोगिताको पाँच उत्कृष्ट अवार्डमध्ये ४ मा आर्मीको आधिपत्य रहयो।
उत्कृष्ट अवार्ड
डिफेन्सः विश्वास उदास (त्रिभुवन आर्मी)
मिडफिल्डः दीनेश योञ्जन (त्रिभुवन आर्मी)
गोलकिपरः अर्पण कार्की (त्रिभुवन आर्मी
फरवार्डः दीपेश आलेमगर (संकटा)
प्रशिक्षकः चक्र तामाङ (त्रिभुवन आर्मी)