अपारदर्शी रुपमा राष्ट्रिय खेलकुद परिषद्ले भारतको एक व्यक्तिलाई एसियाली क्रिकेटको नाममा टि–२० क्रिकेट प्रतियोगिता आयोजना गर्न दिएको भन्दै राष्ट्रिय खेलाडी सम्मिलित क्रिकेट खेलाडी संघले विरोध जनाएको छ।
संघका महासचिव तथा राष्ट्रिय टोलीका कप्तान पारस खड्काले नेपालको युथ–१९ टोलीको अभ्यासलाई नै प्रभावित पार्ने गरि आयोजना गर्न लागिएको एसियन प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगिताको विषयमा प्रश्न उठाएका छन्। उनले सोमबार विज्ञप्ती जारी गर्दै प्रतियोगिताको पारदर्शीताको विषयमा प्रश्न उठाए।
‘यसले स्थानीय खेलाडी र क्रिकेट विकाशमा योगदान गर्दैन,’उनले विज्ञप्तीमा भनेका छन्।
एसियाली क्रिकेटको नाममा कीर्तिपुरको त्रिवी मैदानमा गर्न लागिएको प्रतियोगिताको पारदर्शीको विषयलाई लिएर सोमबार सेतोपाटीले समाचार प्रकासित गरेको थियो।