आइसल्यान्डले विश्व कप छनोट अन्तर्गत युरोपको समूह आईको खेलमा क्रोएसियालाई स्तब्ध पारेको छ। पहिलो चरणको ५ वटा खेलमा अपराजित रहेको क्रोएसियालाई उसले घरेलु मैदानमा १–० ले पराजित गर्यो।
यो नतिजापछि समूह आईको प्रतिस्पर्धा चौतर्फी बन्न पुगेको छ। यसै समूहको अर्को खेलमा युक्रेनले २–१ ले फिनल्यान्डलाई पराजित गर्यो।
समूह आईमा क्रोएसिया ६ खेलमा १३ अंकका साथ शीर्ष स्थानमा छ। क्रोएसियालाई पराजित गरेको आइसल्यान्डको पनि १३ अंक पुगेको छ। र, ऊ पनि समूहको दोस्रो स्थानमा छ। यो समूहमा टर्की ११ अंकका साथ तेस्रो स्थानमा छ। हिजो राती टर्कीले ४–१ ले कोसोभोलाई पराजित गरेपछि युक्रेनलाई एक स्थान तल झारेको हो। यद्यपी युक्रेन पनि ११ अंकका साथ चौथो स्थानमा छ।