विश्व कप छनोटको समूह डीको शीर्ष स्थानमा रहेको सर्बियालाई वेल्सले उसैको घरमा १–१ गोलको बराबरीमा रोकेको छ।
गएराती सर्बियामा भएको खेलमा आरोन राम्सेले ३५ मिनेटमै पेनाल्टीबाट गोल गर्दै घरेलु टोलीलाई आछुआछु पारेका थिए। तर, दोस्रो हाफको ७३ मिनेटमा न्युक्यासलका स्ट्राइकर एलेक्जेन्डर मिट्रोभिकले गोल फर्काउदै खेललाई बराबरीमा ल्याए।
पहिलो हाफमा साम भोक्सको जर्सी तानेपछि वेल्सले पेनाल्टीको मौका पाएको थियो। समूह डीअन्तर्गत ६ खेलमा १२ अंक बटुलेर सर्बिया शीर्ष स्थानमा छ। यति नै अंक रहेको आयरल्यान्ड दोस्रो छ भने वेल्स ८ अंकका साथ तेस्रो स्थानमा रहेको छ।
आयरल्यान्डलाई समूहको शीर्ष स्थानबाट माथि बढ्न अस्ट्रियाले रोक्यो। उसले १–१ गोलको बराबरीमा रोकेपछि आयरल्यान्ड १२ अंकमै सिमित बन्यो। अस्ट्रियाको पनि ८ अंक छ र वेल्स पछि चौथो स्थानमा रहेको छ।