पूर्व विश्व च्याम्पियन इटाली र स्पेनले विश्व कप छनोटअन्तर्गत गएराती सम्पन्न खेलमा सहज विजयी प्राप्त गरेका छन्। एउटै समूहमा रहेका यी दुई विश्व च्याम्पियन क्लबले ६ खेलको अंक तालिकामा समान १६ अंक बटुले पनि स्पेन शीर्ष स्थानमा रहेको छ। इटालीले २०१० को विश्व च्याम्पियनलाई पछ्याएको छ।
गएराती सम्पन्न खेलमा इटालीले ५–० गोलले लिचेस्टाइनलाई पराजित गर्यो। ३७ पल्ट विपक्षी टोलीको गोल पोस्टमा प्रहार गरेको इटालीले ४ गोल दोस्रो हाफपछि गरेको थियो।
इटालीका लागि पहिलो गोल ३५ मिनेटमा नेपोली स्टार लोरेन्जो इन्साग्नेले गरेका थिए। ५२ मिनेटमा आन्द्रेयी बालोटी, ७४ मिनेटमा इडेर, ८२ मिनेटमा फेडेरिको बर्नाडेस्ची र ९१ मिनेटमा गाबियाडिनीले गोल गरेका थिए।
इटालीका गोलरक्षक जियानलुइगी बुफोनको १सय ६९ औं खेलमा उनले खासै मेहनत गर्नु परेन्।
यही समूहको अर्को खेलमा स्पेनले मासिडोनियालाई २–१ ले पराजित गर्यो। स्पेनको जितमा डेभिड सिल्भाले १५ र डिएगो कोस्टाले २७ मिनेटमा गोल गरे।