स्पेनका राफायल नाडालले १० औं पल्ट फ्रेन्च ओपनको उपाधि जितेका छन्। उनले फाइनलमा ३२ वर्षीय स्टान वार्विन्कालाई ६–२, ६–३, ६–१ को सोझो सेटमा पराजित गर्दै वर्षको दोस्रो ग्रान्ड स्लाम दशौं पल्ट जितेका हुन्।
३१ वर्षे नाडालको यो १५ औं महत्वपूर्ण उपाधि पनि हो। उनी टेनिसको ‘ओपन इरा’ मा महिला तथा पुरुष दुवै खेलाडीतर्फ कुनै एउटा ग्रान्ड स्लाम १० पल्ट जित्ने एक्लो खेलाडी बन्न पुगेका छन्।
यो उपाधि पछि नाडालले अमेरिकाका पिट साम्प्रासलाई ग्रान्ड स्लाम जित्ने विषयमा पछाडि छोडेका छन्। उनी रोजर फेडेररपछि सर्वाधिक ग्रान्ड स्लाम जित्ने दोस्रो खेलाडी बन्न पुगेका छन्। फेडेररले १८ पल्ट ग्रान्ड स्लाम जितेका छन्।
अस्ट्रेलियाकी मार्गारेट कोर्टले १९६० र १९७३ को बीचमा ११ पल्ट अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन्। नाडालले २००५ देखि २०१७ को बीचमा १० पल्ट फ्रेन्च ओपन जितेका हुन्। उनले २००९, २०१५ र २०१६ मा मात्र यो उपाधि जितेका थिएनन्।