विश्वका उत्कृष्ट खेलाडीलाई पछि पार्दै लात्भियाकी २० वर्षीय सुन्दरी जेलिना ओस्टापेन्को नयाँ ग्रान्ड स्लाम सुन्दरी बन्न सफल भएकी छिन्। गत विहिबार २० वर्षमा टेकेकी जेलिनाले वर्षको दोस्रो ग्रान्ड स्लाम फ्रेन्च ओपनको फाइनलमा रोमानियाकी सिमोना हेल्पलाई ४–६, ६–४, ६–३ ले पराजित गरिन्।
उनी यो प्रतियोगितामा सहभागी हुँदा उनलाई कुनै वरियता दिइएको थिएन्। उनी ८४ वर्षपछि ‘अनसिड’ प्रतियोगीको रुपमा फ्रेन्च ओपन जित्ने महिना खेलाडी बन्न पुगेकी छिन्। सन् १९३३ यता वरियता नपाएका खेलाडीले फ्रेन्च ओपन जितेका थिएनन्।
उनी यसअघि वर्ष ४ महत्वपूर्ण ग्रान्ड स्लामको ८ खेलमा मात्र समावेश थिइन्। यति थोरै खेल खेलेर ग्रान्ड स्लाम जित्ने रुसकी मारिया सारापोभापछि उनी दोस्रो खेलाडी बन्न पुगेकी छिन्। सारापोभाले २००४ मा विम्बल्डन जित्दा यस्तै कथा थियो।
आक्रामक खेल खेल्ने सेलिनाले फ्रेन्च ओपन जित्ने अभियानमा ओलम्पिक च्याम्पियन मोनिका पुग, पूर्व फाइनलिस्ट साम च्युसर, पूर्व नम्बर एक कारोलिन वाज्नियाकी र दुई पल्ट सेमिफाइनल पुगेकी टिमिया बास्किनजेकीलाई हराएकी थिइन।
फ्रेन्च ओपन जित्नअघि उनले खेलेर जम्मा १० लाख पाउण्ड कमाएकी थिइन होला। तर, शनिवार उनले एकै पल्ट १६ लाख ५० हजार पाउण्ड हात पारिन्।
जेलिना २०१४ को विमबल्डन जुनियर विजेता हुन।