राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन्।
आइतबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार कमल थापालाई २ सय मत अन्तरले हराउँदै राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन्।
कुल खसेको ३८६५ मतमध्ये लिङ्देनले १८१७ मत पाए भने थापाले १६१७ मत पाएका थिए। यस्तै ४३१ मत बदर भएको थियो।
अध्यक्षमा कमल थापाले चुनाव हारे पनि पदाधिकारीमा भने थापापक्षका अधिकांश उम्मेदवार विजयी भएको निर्वाचन समिति संयोजक हरिबहादुर बस्नेतले जानकारी दिए।
अध्यक्ष पदमा आफ्नो पराजय स्वीकार गर्दै कमल थापाले आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेप भएको आरोप लगाएका छन् ।
राप्रपामा चार उपाध्यक्षमध्ये तीन जना कमल थापा समूहका विजयी भए। दुबै प्यानलमा समेटिएका विक्रम पाण्डे सर्वाधिक २५२१ मत पाए। थापा प्यानलबाटै उठेका बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान उपाध्यक्षमा विजयी भए। तामाङले १९४४ मत ल्याउँदा प्रधानले १८१४ मत ल्याएर विजयी भए।
महिला उपाध्यक्षमा पनि कमल थापा समूहकै रोशन कार्की १५८९ भोट ल्याएर विजयी भइन्।
यस्तै तीन महामन्त्रीको प्रतिस्पर्धामा लिङ्देन पक्षका धवलशम्शेर राणाले सर्वाधिक २२२१ भोट ल्याएर विजयी भए। बाँकी दुई जना कमल थापा समूहका विजयी भए। थापा पक्षका भुवन पाठक १७०५ भोट ल्याएर विजयी हुँदा महिला महामन्त्रीतर्फ थापा समूहकै कुन्तीकुमारी शाही विजयी भइन्।
उनले २००८ मत ल्याइन्। महिला महामन्त्रीमा लिङ्देन समूहकी रेखा थापाले १६४० मत ल्याएर पराजित भइन्।
राप्रपामा चार उपाध्यक्ष र तीन महामन्त्रीसहित १४८ जना केन्द्रीय सदस्यका लागि निर्वाचन भएको हो।
सात सह-महामन्त्री, कोषाध्यक्ष, सह कोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्तासहित २५ प्रतिशत निर्वाचित अध्यक्षले मनोनित गर्ने व्यवस्था छ।
राप्रपाको शनिबार अबेर रातिसम्म सम्पन्न भएको मतदानमा ३ हजार ८ सय ६५ जनाले मतदान गरेका थिए।
४ हजार ३ सय ७९ महाधिवेशन प्रतिनिधि मध्ये ५१४ जनाले मतदानमा भाग नलिएको निर्वाचन समितिले जनाएको छ।
शनिबार बिहान ११ बजेबाट सुरू भएको मतदान आइतबार बिहान १ बजे सकिएको थियो। अध्यक्षमा मतपत्र तथा अन्य पदाधिकारी र केन्द्रीय सदस्यमा ८६ मेसिनबाट विद्युतीय मतदान भएको थियो।
हेर्नुहोस् तस्बिरमा मत परिणामपछि भृकुटीमण्डमा विजयी उत्सव
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)