राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ।
नयाँ नेतृत्वको लागि आज मतदान हुँदैछ। यसैक्रममा अध्यक्षका उठेका कमल थापा र महामन्त्रीमा उम्मेदवारी दिएकी रेखा थापा मतदान गर्न महाधिवेशन स्थल पुगेका छन्। यद्यपि थापाले साँझ मात्र मतदान गर्ने बताएका छन्। उनीहरूले प्रतिनिधिले उनीहरूसँग फोटो खिचाइरहेका छन्।
राप्रपामा चार हजार ३ सय ८० जनाले उम्मेदवारलाई भोट हाल्दैछन्।
राप्रपा अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन भिड्दैछन्।
सात सहमहामन्त्री, कोषाध्यक्ष, सह कोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्तासहित २५ प्रतिशत निर्वाचित अध्यक्षले मनोनित गर्ने व्यवस्था छ।
चार उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लीलादेवी श्रेष्ठको उम्मेदवारी परेको छ। पुरुषतर्फ जगतप्रसाद गौचन, विक्रम पाण्डे, रामचन्द्र राय, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, दिलविकास राजभण्डारी, र दुर्गा श्रेष्ठको उम्मेदवारी परेको छ।
एक महिलासहित तीन महामन्त्रीका लागि रेखा थापा, कुन्ती शाही, धवलशमशेर राणा, श्याम तिमल्सिना, भुवन पाठक र भाष्कर भद्राको उम्मेदवारी परेको छ।








