राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा महाधिवेशनमा अध्यक्षबाहेक सबै पदमा विद्युतीय माध्यमद्वारा मतदान सुरू भएको छ।
प्रतिनिधिहरूले उम्मेदवारहरूलाई मतदान गरिरहेका छन्।
निर्वाचन समितिका अनुसार ९१ वटा मेसिन मतदानस्थलमा रहने छन्।
राप्रपामा चार उपाध्यक्ष र तीन महामन्त्रीसहित १४८ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुँदैछ।
राप्रपामा चार हजार ३ सय ८० जनाले उम्मेदवारलाई भोट हाल्दैछन्।
राप्रपा अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन भिड्दैछन्।
सात सहमहामन्त्री, कोषाध्यक्ष, सह कोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्तासहित २५ प्रतिशत निर्वाचित अध्यक्षले मनोनित गर्ने व्यवस्था छ।
चार उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लीलादेवी श्रेष्ठको उम्मेदवारी परेको छ। पुरुषतर्फ जगतप्रसाद गौचन, विक्रम पाण्डे, रामचन्द्र राय, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, दिलविकास राजभण्डारी, र दुर्गा श्रेष्ठको उम्मेदवारी परेको छ।
एक महिलासहित तीन महामन्त्रीका लागि रेखा थापा, कुन्ती शाही, धवलशमशेर राणा, श्याम तिमल्सिना, भुवन पाठक र भाष्कर भद्राको उम्मेदवारी परेको छ।
तस्बिरहरू:







































