पुष्पकमल दाहाल प्रचण्ड पुनः माओवादी केन्द्रको अध्यक्ष भएका छन्।
सोमबार राजधानीमा बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्षमा प्रचण्ड सर्वसम्मत चयन भएका हुन्।
कृष्णबहादुर महरा समर्थक र नारायणकाजी श्रेष्ठ प्रस्तावक बसेर अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई अगाडि सारेका थिए।
माओवादीको आठौं महाधिवेशनले आइतबार २३६ सदस्यीय केन्द्रीय सदस्य चयन गरेको थियो। सोमबार बसेको बैठकमा चयन भएका सदस्यले सपथ लिएका छन्।
सपथ ग्रहणपछि पदाधिकारी चयन गर्न बैठक बसेको थियो।
प्रचण्डले जनयुद्धदेखि लगातार पार्टीको नेतृत्व गरिरहेका छन्।
काठमाडौंको प्रज्ञा भवनमा आइतबार एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी केन्द्रीय सदस्यको नाम पढेर अनुमोदन गराए।
प्रचण्डको सूचीमा असन्तुष्टि जनाएर कसैले एक शब्द पनि बोल्न सकेन। आठौं महाधिवशेनका लागि काठमाडौंमा जम्मा भएका १७ सय ५० महाधिवेशन प्रतिनिधिले गर्न नसकेको काम प्रचण्ड एक्लैले गरिदिए।
यस्तै शैली नेकपा एमालेको चितवनमा भएको दसौं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले अपनाएका थिए। उनले पनि केन्द्रीय सदस्यसहित सबै पदाधिकारीको नाम पढेर अनुमोदन गर्न लगाए।
भीम रावल, घनश्याम भुसाल, टंक कार्कीले विरोध गरे। अध्यक्ष, उपाध्यक्ष, सचिवसहित कतिपय क्लष्टरमा निर्वाचन भयो। प्रज्ञा भवनमा त त्यो पनि भएन।
यी दुबै महाधिवेशनको समानता एउटै छ: ओली र प्रचण्ड दुबैको प्यानल सदर भयो। विस्तृतमा