नेकपा माओवादी केन्द्रको जारी ८ औं महाधिवेशन अन्तर्गत माओवादीले उम्मेदवारको लागि क्लस्टर सार्वजनिक गरेको छ।
खुलातर्फ १४५ र समानुपातिकतर्फको खस आर्यतर्फ ४५, दलिततर्फ २२ जना, मुस्लिम तर्फ ७ जना, मधेशीतर्फ २३ जना, आदिवासी जनजातितर्फ ४३ र थारूतर्फ १० जना निर्वाचित हुनेछन्।
यस्तै, अपांगतर्फ २ जना र पिछडिएकोतर्फ २ जना निर्वाचित हुनेछन्।
यसैगरी खसआर्यतर्फ ४५ जना निर्वाचित हुने व्यवस्था छ। जसमा पुरूष १२ जना, पुरूष युवा ३, महिला २४ र महिला युवा ६ जना निर्वाचित हुनेछन्।
दलिततर्फ २२ जना निर्वाचित हुनेछन्। जसमा पुरूष ६, पुरूष युवा १, महिला १२ र महिला युवा ३ जना निर्वाचित हुनेछन्।
मुस्लिमतर्फ ७ जना निर्वाचित हुनेछन्। जसमा पुरूष १ ,पुरूष युवा १, महिला ४, महिला युवा १ निर्वाचित हुनेछन्।
मधेशीतर्फ २३ जना निर्वाचित हुनेछन्। जसमा पुरूष ६, पुरूष युवा १, महिला १३ र महिला युवा ३ जना निर्वाचित हुनेछन्।
आदिवासीतर्फ ४३ जना निर्वाचित हुने व्यवस्था छ। जसमा पुरूष ११, पुरूष युवा ३, महिला २३ र महिला युवा ६ जना निर्वाचित हुनेछन्।
अहिले उक्त विषयमा छलफल गर्न हरेक प्रदेश कमिटी छलफलमा छुटेका छन्।
निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ। भोलि बिहान ११ बजे मतदान हुनेछ। यद्यपि सहमतिमै केन्द्रीय सदस्य चयन गर्न पनि छलफल चलिरहेको छ।


