नेकपा माओवादी केन्द्रको जारी ८ औं महाधिवेशन अन्तर्गत निर्वाचन कार्यक्रमका लागि मतदाता नामावली प्रकाशन भएको छ।
सहमितमै केन्द्रीय सदस्य चयन गर्ने प्रयास भइरहेता पनि यदि सहमतिमा हुन नसके निर्वाचन प्रक्रियामा जानेछ। माओवादीले यसरी मतदाता नामावली प्रकाशन गरेको इतिहासमै पहिलोपटक हो। जसले गर्दा महाधिवेशन स्थलमा रौनक छाएको छ।
प्रतिनिधिहरू कोही फोटो खिच्नमै व्यस्त छन् भने कोही को-को मतदाता परे त भनेर हेरिरहेका छन्।
माओवादी केन्द्रीय निर्वाचन आयोगले १७४२ जना मतदाताको नामावली प्रकाशन गरेको छ।
अहिले प्रत्येक प्रदेशले आ-आफ्नो तर्फबाट केन्द्रीय सदस्यका लागि सिफारिस लागि बसिरहेका छन्। माओवादीमा अहिले १० प्रदेश छन्।
सबै तस्बिरहरू: सन्जिब बगाले







