प्रधानमन्त्री एवं नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा १४ औं महाधिवेशनबाट पार्टीभित्र झन् शक्तिशाली बनेका छन्।
बिहीबार सकिएको कांग्रेस १४ औं महाधिवेशनको मतगणनामा सभापति देउवा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म बहुमतमा छन्। १३ पदाधिकारीमध्ये एक उपसभापति, दुई महामन्त्री र दुई सहमहामन्त्रीबाहेक सबै देउवा पक्षका छन्।
उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा र सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार नेता शेखर कोइरालानिकट हुन्।
अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने नेता प्रकाशमान सिंह प्यानलबाट लडेका थिए।
शर्मा १३ औं महाधिवेशनदेखि नै देउवानिकट भए पनि महामन्त्रीमा टिकट नपाएपछि अन्तिम समयमा सिंह प्यानलबाट महामन्त्री उठेका थिए।
एक उपसभापति, दुई महामन्त्री र दुई सहमहामन्त्री तथा थोरै संख्यामा केन्द्रीय सदस्य देउवाइतरका छन्।
कांग्रेसका पदाधिकारी तथा केन्द्रीय सदस्यमा अधिकांश नयाँ अनुहार आएका छन्। सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्काबाहेक पदाधिकारीमा सबै नयाँ छन्।
देउवा समूहबाट उपसभापतिमा खड्का, सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना, भिष्मराज आङ्दम्बे, किशोरसिंह राठौर, महेन्द्र यादव, फरमुल्लाह मन्सुर, उमाकान्त चौधरीले जितेका छन्।
यीमध्ये उमाकान्त भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट हुन्। सिटौला यसपालि देउवाको समर्थनमा थिए। सिटौलाले आफूनिकट नेतालाई महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य लिएर देउवासँग सहकार्य गरे। देउवा पक्षबाट महामन्त्रीमा प्रकाशशरण महत र सिटौलानिकट प्रदीप पौडेल उठे पनि पराजित भएका थिए।
देउवा आफैँ पहिलो चरणमा ८१ मत नपुगेर सभापति निर्वाचित भएनन्। दोस्रो चरणमा भने सभापतिमा पराजित प्रकाशमान सिंह र विमलेन्द्र निधिको समर्थन जुटाएका देउवा अर्का उम्मेदवार शेखर कोइरालालाई हराउँदै निर्वाचित भएका थिए।
सिटौला पक्षको साथ लिँदा पहिलो चरणमै सभापति जित्ने आँकलन गरे पनि देउवाले ५० प्रतिशत मत कटाउन सकेनन्। सिटौला पक्षसँग १५० भन्दा बढी महाधिवेशन प्रतिनिधि रहेको अनुमान गरे पनि त्यसअनुसार भोट नआएको देउवानिकट नेता दाबी गर्छन्।
कांग्रेसले विधान संशोधन गर्दै यसपालि पार्टीलाई संघीय संरचनामा ढालेको थियो। समावेशी सिद्धान्तलाई ध्यान दिएर खुला र कोटाबाट केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्म चुन्ने व्यवस्था गरिएको थियो।
पदाधिकारीमा कोषाध्यक्षबाहेक १३ पद निर्वाचनबाट आएका छन्। निर्वाचित केन्द्रीय सदस्यमध्येबाट अब सभापति देउवाले कोषाध्यक्ष मनोनित गर्न सक्छन्। महाधिवेशन प्रतिनिधिमध्येबाट सभापति देउवाले ३३ जनालाई केन्द्रीय सदस्य मनोनित गर्न पनि पाउँछन्। कांग्रेसमा १६७ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ।
नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, सीतादेवी यादवलगायतलाई देउवाले केन्द्रीय सदस्यमा मनोनित गर्ने तयारी गरेका छन्। शीर्ष नेतालाई केन्द्रीय समितिमा राखेर कार्यसम्पादन समितिमा लैजाने तयारी देउवाको छ।
सभापतिदेखि केन्द्रीय कार्यसमितिमा निर्वाचित सबैलाई शनिबार निर्वाचन समितिबाट निर्वाचित भएको प्रमाणपत्र दिने कार्यक्रम छ। लगत्तै सानेपामा पहिलो केन्द्रीय समिति बैठक पनि राख्ने तयारीमा देउवा छन्।
कांग्रेसमा सभापतिपछि धेरै भूमिका महामन्त्रीलाई विधानले दिएको छ। महामन्त्रीद्वय गगन र विश्वप्रकाश देउवाइतरका छन्। महामन्त्रीमध्ये सभापति देउवाले कसलाई बढी भूमिका दिन्छन् अहिले नै खुलेको छैन। प्रधानमन्त्रीसमेत रहेका देउवाले सर्वदलीय बैठकमा भने पार्टीका तर्फबाट गगनलाई बोलाएका थिए।
१३ औं महाधिवेशनदेखि नै विश्वप्रकाश पनि देउवानिकट नै थिए। उनलाई नै देउवाले प्रवक्ता नियुक्त गरे। तर यो महाधिवेशनमा देउवा टिमबाट विद्रोह गरेर विश्वप्रकाश सिंह टिममा पुगेका थिए। सभापति देउवासँग गगन र विश्वप्रकाश दुबैले सम्बन्ध मिलाउनुपर्ने देखिन्छ।
एक उपसभापति, दुई महामन्त्री, दुई सहमहामन्त्री र करिब १५ केन्द्रीय सदस्य मात्रै आफूइतरले जितेकाले सभापति देउवालाई पार्टी सञ्चालन गर्न सजिलो छ। निर्वाचित भएका १२१ केन्द्रीय सदस्यमध्ये १०५ जनाभन्दा धेरै देउवा पक्षका छन्। देउवाले ३३ जना केन्द्रीय सदस्य अझै मनोनित गर्न सक्छन्।
०७२ सालमा भएको १३ औं महाधिवेशनमा पनि देउवा बहुमतमा थिए। तर देउवाले बहुमतको बल पार्टीमा देखाएनन्। विवाद भएका विषयमा उनले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला तथा पूर्वपदाधिकारीलाई समेत स्थान दिएर निर्णय प्रक्रियामा सबै नेतालाई समेट्ने गरी भूमिका दिएका थिए।
सिटौला पक्षसहित देउवाका पक्षमा १४ औं महाधिवेशनबाट सहज बहुमत देखिएको छ। उनले कुनै प्रस्ताव पारित गर्नुपरे सहजै पारित गरिदिन सक्छन्। तर देउवाले पार्टीमा बहुमत र अल्पमत तथा ६०/४० अनुसार भागबन्डा गर्छन्/गर्दैनन् त्यो हेर्न केही समय कुर्नुपर्ने हुन्छ।
सभापतिमा देउवासँग पराजित शेखर कोइरालाले आफूहरूले भागबन्डाको मागदाबी भने नगर्ने बताइसकेका छन्। यसले देउवालाई काम गर्न सहज बनाउनेछ। कोइरालाले विधानअनुसार पार्टी चलेको छ कि छैन कडाइसाथ हेर्ने चेतावनी दिइरहेका छन्।
देउवाको अघिल्लो कार्यकाल भने विधान कार्यान्वयनमा बिर्सनलायक रह्यो। देउवाले पार्टी र भातृ संस्थाका महाधिवेशन समयमै गराउन सकेनन्। पार्टी नै अवैधानिक हुने अवस्थामा पुगेपछि मात्रै हतारहतारमा महाधिवेशन गरिएको थियो। समय अभावले गर्दा १६ वटा जिल्ला अधिवेशन र प्रदेश २ अधिवेशन केन्द्रीय महाधिवेशन पछि गर्ने निर्णय नै गरिएको थियो।
देउवाले १३ औं महाधिवेशनबाट निर्वाचित भएको दुई महिनाभित्र बनाउनु पर्ने विभाग पनि कार्यकाल सकिने बेला मात्रै गठन गरे भने पौडेल पक्षबाट विभागमा प्रतिनिधित्व नै भएको थिएन।
देउवालाई अब तत्काल कोषाध्यक्ष मनोनित गर्न चुनौती छ। निर्वाचित केन्द्रीय सदस्य मध्येबाट एक जना कोषाध्यक्ष बनाउन मिल्छ। सुरेन्द्रराज पाण्डे, विनोद चौधरी, उमेश श्रेष्ठलगायत कोषाध्यक्षका आकांक्षी छन् तर पदाधिकारीमा एक मात्र महिला रहेकाले कोषाध्यक्षमा महिलालाई स्थान दिनुपर्ने मागसमेत भइरहेका छन्।
धेरै जिल्ला सभापति, महाधिवेशन प्रतिनिधि, पार्टी पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म पकड रहेकोले देउवा झन् शक्तिशाली रूपमा कांग्रेस नेतृत्वमा दोस्रो कार्यकाल सुरूवात गर्ने चरणमा छन्।
यी हुन् १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य:
यी हुन् निर्वाचित पदाधिकारी र सदस्य:
पदाधिकारीहरू:
सभापति : शेरबहादुर देउवा
उपसभापति : पूर्णबहादुर खड्का
उपसभापति : धनराज गुरुङ
महामन्त्री : गगन थापा
महामन्त्री : विश्वप्रकाश शर्मा
सहमहामन्त्री : महालक्ष्मी उपाध्याय 'डिना'
सहमहामन्त्री : जीवन परियार
सहमहामन्त्री : भिष्मराज आङदेम्बे
सहमहामन्त्री : किशोरसिंह राठौर
सहमहामन्त्री :महेन्द्र यादव
सहमहामन्त्री :फरमुल्लाह मन्सुर
सहमहामन्त्री : उमाकान्त चौधरी
सहमहामन्त्री :बद्री पाण्डे
केन्द्रीय सदस्य खुला (३५ जना)
शशांक कोइराला
एनपी साउद
बालकृष्ण खाण
उदय शम्शेर राणा
रामहरि खतिवडा
ज्ञानेन्द्रबहादुर कार्की
रमेश लेखक
अर्जुननरसिंह केसी
दिलेन्द्र प्रसाद बडु
रामशरण महत
बलबहादुर केसी
दिपक गिरी
सञ्जयकुमार गौतम
गोविन्दराज पोखरेल
अजयबाबु शिवाकोटी
शंकर भण्डारी
जीपछिरिङ लामा
जीतजंग बस्नेत
गोपालमान श्रेष्ठ
मोहनबहादुर बस्नेत
सुनीलबहादुर थापा
नैनसिंह महर
गोविन्द भट्टराई
कुन्दनराज काफ्ले
सुरेन्द्रराज पाण्डे
पद्यनारायण चौधरी
राजीव ढुंगाना
गुरु बराल
मदनबहादुर अमात्य
गणेश लामा
उमेशजंग रायमाझी
मोहन आचार्य
डा गोपाल दहित
कृष्णकिशोर घिमिरे
दिनेश कोइराला
केन्द्रीय सदस्य महिला खुला (९ जना)
डा डिला संग्रौला
पुष्पा भुसाल
डा आरजु राणा देउवा
अम्बिका बस्नेत
ईश्वरी न्यौपाने
रमा कोइराला पौडेल
शुशीला ढकाल आचार्य
रंगमती शाही
सरिता प्रसाई
केन्द्रीय सदस्य प्रदेश १ महिला (१ जना)
महेन्द्रकुमारी लिम्बु
केन्द्रीय सदस्य प्रदेश १ खुला (२ जना)
अमृत अर्याल
राजिव कोइराला
केन्द्रीय सदस्य प्रदेश २ महिला (१ जना)
चित्रलेखा यादव
केन्द्रीय सदस्य प्रदेश २ खुला (२ जना)
आनन्दप्रसाद ढुंगाना
रमेश रिजाल
केन्द्रीय सदस्य बागमती महिला (१ जना)
उर्मिला नेपाल केसी
केन्द्रीय सदस्य बागमती खुला (२ जना)
ध्यानगोविन्द रञ्जित
राजन केसी
केन्द्रीय सदस्य गण्डकी महिला (१ जना)
सरस्वती अर्याल तिवारी
केन्द्रीय सदस्य गण्डकी खुला (२ जना)
ध्रुव वाग्ले
कृष्णचन्द्र नेपाली पोखरेल
केन्द्रीय सदस्य लुम्बिनी महिला (१ जना)
शिला शर्मा खड्का
केन्द्रीय सदस्य लुम्बिनी खुला (२ जना)
देबेन्द्रराज कँडेल
चन्द्रबहादुर केसी
केन्द्रीय सदस्य कर्णाली महिला (१ जना)
जानकी सिंह
केन्द्रीय सदस्य कर्णाली खुला (२ जना)
कर्णबहादुर बुढा
राजीवविक्रम शाह
केन्द्रीय सदस्य सुदूरपश्चिम महिला (१ जना)
सुशीला मिश्र भट्ट
केन्द्रीय सदस्य सुदूरपश्चिम खुला (२ जना)
यज्ञराज जोशी
डा रणबहादुर रावल
केन्द्रीय सदस्य अपङ्गता खुला (१ जना)
मदनकृष्ण श्रेष्ठ
केन्द्रीय सदस्य अल्पसंख्यक खुला (१ जना)
प्रदीप कुमार सुनुवार
केन्द्रीय सदस्य मधेसी महिला (४ जना)
नागिना यादव
मन्जुकुमारी
मिनाक्षी झा
मुक्ताकुमारी यादव
केन्द्रीय सदस्य मधेसी खुला (५ जना)
अजयकुमार चौरासिया
दिनेशकुमार यादव
महेन्द्र कुमार राय
विनोदकुमार चौधरी
डा चन्द्र मोहन यादव
केन्द्रीय सदस्य मुस्लिम महिला (१ जना)
जावेदा खातुन जागा
केन्द्रीय सदस्य मुस्लिम खुला (२ जना)
अब्दुल रज्जाक
अब्दुल सतार
केन्द्रीय सदस्य थारू महिला (२ जना)
कल्पना चौधरी
जीवन राना
केन्द्रीय सदस्य थारू खुला (२ जना)
योगेन्द्र चौधरी
रामजनम चौधरी
केन्द्रीय सदस्य पिछडिएको क्षेत्र खुला (१ जना)
अर्जुनजंगबहादुर शाही
केन्द्रीय सदस्य दलित महिला (४ जना)
लक्ष्मी परियार
सुजाता परियार
शान्ति परियार विक
रुपा विक
केन्द्रीय सदस्य दलित खुला (५ जना)
मानबहादुर नेपाली
प्रकाश रसाइली ‘स्नेही’
हरिशरण नेपाली
नृपबहादुर वड
मैकुलाल बाल्मीकी
केन्द्रीय सदस्य आदीवासी जनजाती महिला (७ जना)
सीता गुरुङ
अन्जनी श्रेष्ठ
सरस्वती बजीमय
गंगा लक्ष्मी
माया राई
सीता राना
सुशीला थिङ
केन्द्रीय सदस्य आदीवासी जनजाती खुला (८ जना)
चीनकाजी श्रेष्ठ
उमेश श्रेष्ठ
बहादुरसिंह लामा
दिलमान पाख्रिन
टेकबहादुर गुरुङ
आङ्गेलु शेर्पा
तारामान गुरुङ
टेकप्रसाद गुरुङ
केन्द्रीय सदस्य खस/आर्य महिला (६ जना)
मञ्जु खाण
प्रतिमा गौतम
नानु बाँस्तोला
कान्तिका सेजुवाल
चम्पादेवी खड्का
विद्यादेवी तिमिल्सिना
केन्द्रीय सदस्य खस/आर्य खुला (७ जना)
केशवकुमार बुढाथोकी
गोविन्दबहादुर शाह
भीम पराजुली
मधु आचार्य
श्यामकुमार घिमिरे
नारायणबहादुर कार्की
गेहेन्द्र गिरी