नेपाली कांग्रेसको हालै भएको १४ औं महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ।
यही पुस १० गते शनिबार १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बस्न लागेको हो।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय समिति बैठक बोलाइएको बताए।
नवनिर्वाचित सभापति शेरबहादुर देउवालगायतले पदभार ग्रहण गरेपछि केन्द्रीय समिति बैठक बस्नेछ।
कांग्रेसमा १३ पदाधिकारी निर्वाचित भइसके भने १२१ जना केन्द्रीय सदस्यमध्ये अधिकांश पदमा मतगणना सकिएको छ।
साथै सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसहित केही नेतालाई केन्द्रीय समितिमा मनोनित गर्ने तयारी गरेका छन्। पौडेल यसपालि महाधिवेशन प्रक्रियाभन्दा बाहिर रहेका थिए।
सभापति देउवाले समावेशी सिद्धान्त ख्याल गर्दै ३३ जनासम्म केन्द्रीय सदस्य मनोनित गर्न पाउने विधानको व्यवस्था छ।