नेपाली कांग्रेसको १४ औं महाधिवेशन स्थल भृकुटीमण्डपमा सरसफाइ गरिएको छ।
कांग्रेस केन्द्रीय सदस्य उम्मेदवार, महाधिवेशन तथा महासमिति सदस्यको पहलमा सरसफाइ गरिएको हो। जसको नेतृत्व राजेन्द्र बजगाईंले गरेका थिए।
शुक्रबारदेखि महाधिवेशन जारी छ। उम्मेदवार आकांक्षीहरूले आफूलाई मत दिन भन्दै भोट मागिरहेका छन्।
प्रदर्शनी मार्ग वरिपरि रहेका प्रचार प्रसार सामग्रीलगायत फोहर उनीहरूले संकलन गरेका हुन्। आजदेखि प्रचारप्रसारका कार्यक्रम बन्द हुन्छ।
सोमबार बिहान ८ बजेदेखि नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ।