नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल सिडेनले कांग्रेस महाधिवेशनमा भाग लिने प्रतिनिधि टुंग्याएको छ।
उमेशप्रसाद थानी, दिपेश विष्ट, प्रकाश केसी, मन्दिप दाहाल, धनेन्द्र केसी महाधिवेशन प्रतिनिधि भएको विष्टले जानकारी दिए।
महाधिवेशन प्रतिनिधि क-कसलाई बनाउने विवाद हुँदा ढिलाइ गर्दै महाधिवेशन प्रतिनिधि टुंग्याइएको हो।
कांग्रेस महाधिवेशनमा भातृ तथा शुभेच्छुक संघ संगठनबाट पाँच/पाँच जना महाधिवेशन प्रतिनिधि आउने व्यवस्था छ।