कांग्रेस १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका शेखर कोइरालाले सात प्रतिज्ञा पत्र जारी गरेका छन्।
‘एक व्यक्ति एक जिम्मेवारी: एक पटकको लागि मेरो उम्मेदवारी’ भन्ने नाराका साथ उनले प्रतिज्ञा पत्र सार्वजनिक गरेका हुन्।
उनले पार्टीको सबै विभागको गठन ६ महिनाभित्र गरिने र यसरी गठन गरिने विभागमा व्यक्तिको क्षमता, अनुभव र ऊर्जा हेरेर गरिने पनि बताएका छन्।
त्यस्तै, कांग्रेस पार्टीभित्र धनबली, बाहुबली र चाकडी चाप्लुसीको आधारमा अवसर पाउने परम्परालाई बन्द गरिने पनि कोइरालाको प्रतिज्ञा पत्रमा उल्लेख छ।
शेखर प्यानलबाट धनराज गुरूङ र चन्द्र भण्डारीलाई उपसभापतिको उम्मेदवार बनाइएको छ भने महामन्त्रीमा मीनेन्द्र रिजाल र गगन थापालाई उम्मेदवार बनाइएको छ।
नयाँ नेतृत्वको लागि सोमबार ८ बजेदेखि मतदान हुँदैछ।
यस्ता छन्, कोइरालाका मुख्य सात प्रतिज्ञा :
१.संविधान कार्यान्वयनको प्रतिबद्धता
२.वैचारिक स्पष्टता, सुदृढ संगठन, विधानको पूर्ण पालना
३.क्रियाशील र जिम्मेवार भातृ एवं शुभेच्छुक संगठन
४.अनुभव र ऊर्जासहितको सशक्त कांग्रेस निर्माण
५.पारदर्शी निर्णय, जवाफदेही नेतृत्व, उत्तरदायी पार्टी
६.सहभागितामूलक लोकतान्त्रिक अभ्यास
७.प्रशिक्षित कार्यकर्ता, मजबुत संगठन