नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आज मनोनयनपत्र फिर्ता लिने प्रक्रिया सुरू भएको छ।
पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज बिहान ११ बजेसम्म निर्धारण गरिएकोमा डेढ घण्टा थप गरेर १२:३० बजेसम्म कायम गरिएको छ।
त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन आजै गरिने छ भने मतदान मंसिर २७ गते बिहान ८ बजेदेखि हुनेछ।
यसअघि शनिबार उम्मेदवारी मनोनयन दर्ता बिहान १० देखि साँझ ५ बजेसम्म भएको थियो।
उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ शनिबार साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय साँझ ७ देखि ९ बजेसम्म गरी समितिले उम्मेदवारको पहिलो नामावली प्रकाशन मंसिर २५ गते राति ९ देखि १२ बजेसम्म प्रकाशन गरेको थियो।