कांग्रेस नेता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उम्मेदवारी दर्ता गराएका छन्।
उनले खुला तर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्।
दर्तापछि उनले पत्रकारलाई आफूले उक्त पदका लागि उम्मेदवारी दर्ता गराएको बताए। पदाधिकारी उम्मेवारबाट किन पछि हट्नु भयो भन्ने प्रश्नमा उनले केन्द्रीय सदस्य पनि पदाधिकारी भएको जानकारी दिए।
यसअघि उनले महामन्त्रीमा आफ्नो दाबी स्वभाविक भएको बताएका थिए।