९१ वर्षिय शान्ति कार्कीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन्।
वीरगन्ज महानगरपालिकाकी उपमेयरसमेत रहेकी कार्कीले महिला खुलातर्फ शनिबार केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएकी हुन्।
स्वच्छ कांग्रेस र महिला अधिकारको लागि आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको उनले बताइन्।
काठमाडौंमा जारी कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज उम्मेदवारी दर्ता भइरहेको छ। यसका लागि साँझ ५ बजेसम्मको समय तोकिएको छ।