शेरबहादुर देउवाले उपसभापतिमा पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारलाई राख्दै टिम बनाएका छन्। देउवाले महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेललाई उम्मेदवार बनाएका छन्।
यस्तै देउवा पक्षबाट ८ सह-महामन्त्री र खसआर्यतर्फका केन्द्रीय सदस्यका उम्मेदवार पनि टुंगो लागेका छन्।
पौडेल र थारू देउवासँग मिल्न गएका नेता कृष्णप्रसाद सिटौलाको समूहका नेता हुन्।
सहमहामन्त्रीहरू
- महिला कोटाको सहमहामन्त्री- महालक्ष्मी उपाध्याय डिना मकवानपुर
- आदिवासी जनजाती तर्फको सहमहामन्त्री- भिष्मराज आङ्दाम्बे पाँचथर
- दलितर्फको सहमहामन्त्री- मानबहादुर विश्वकर्मा अर्घाखाँची
- मधेशीतर्फको सहमहामन्त्री- महेन्द्र यादव धनुषा
- खस आर्यतर्फको सहमहामन्त्री- किशोरसिंह राठोर बर्दिया
- थारू तर्फको सहमहामन्त्री- उमाकान्त चौधरी बारा
- मुस्लिमतर्फको सहमहामन्त्री- फर्मुल्लाह मन्सुर बारा
- पिछडिएको क्षेत्रको सहमहामन्त्री- जीवनबहादुर शाही हुम्ला