नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सभापतिका लागि शेखर कोइरालाको समूहले शनिबार अपरान्ह उम्मेदवारी दर्ता गरेको छ।
शेखर कोइरालाले प्यानलसहित आगामी नेतृत्वका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
कोइरालाले उप-सभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङलाई राखेका छन्।
यस्तै महामन्त्री पदमा गगन थापा र मिनेन्द्र रिजाललाई बनाएका छन्।
सह-महामन्त्रीमा खसआर्यबाट देवराज चालिसे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, मुस्लिमबाट शेख वकिल, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, मधेसीबाट रामकृष्ण यादव,आदिवासी जनजातिबाट विकास लामा र थारुबाट तेजुलाल चौधरीलाई उठाएका छन्।