नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ। आज महाधिवेशनको दोस्रो दिन हो।
आज साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ। २ बजेसम्म सभापति, उपसभापति, सहमहामन्त्री लगायत पदमा उम्मदवारी दर्ता गराएका छन्।
उम्मेदवारहरू कुनै प्यानलमा नभइ आफैंले उम्मेदवारी दर्ता गराएका हुन्।
सभापतिमा कल्याण गुरूङ, उपसभापतिमा महेश आचार्य, सहमहामन्त्रीमा बद्री पाण्डे ( पिछडिएको क्षेत्र), फरमुल्लाह मन्सुर (मुस्लिम), सुरेश चौधरी ( थारु), मान बहादुर विश्वकर्माले दलितबाट उम्मेदवारी दर्ता गराएका हुन्।
अहिलेसम्म १०० केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरिएको छ।
केन्द्रीय सदस्य १३४ जना निर्वाचित हुने व्यवस्था छ।
देउवा र पौडेल पक्षले प्यानल बनाउन ढिलाइ गर्दा उम्मेदवारले मनोनयन दर्ता गर्न थालेका छन्।
उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुझका लागि आजै साँझ ५ देखि ७ बजेसम्मको समय तोकिएको छ। त्यस्तै बेलुका ७ देखि ९ बजेसम्ममा दाबी विरोध उपर निर्णय हुनेछ।
त्यसपछि राति १२ बजेसम्म उम्मेदवारहरूको पहिलो नामावली प्रकाशन गर्ने र मनोनयनपत्र फिर्ता लिन चाहनेले भोलि (आइतबार) बिहान ११:०० बजेसम्म फिर्ता गरेपछि दिउँसो १२:१५ बजे अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम छ।