कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ।
महाधिवेशनको दोस्रो दिन आज मनोनयन दर्ता गर्ने दिन हो। तर देउवा र पौडेल पक्षले प्यानल बनाउन ढिलाइ गर्दा उम्मेदवारले मनोनयन दर्ता गर्न थालेका छन्।
सहमहामन्त्रीमा बद्री पाण्डे र मानबहादुर विश्वकर्माको उम्मेदवारी दर्ता गराएका छन्।
पाण्डे वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट हुन् भने विश्वकर्मा शेरबहादुर देउवानिकट हुन्।
यस्तै सभापतिमा केन्द्रीय सदस्य कल्याण गुरूङको उम्मेदवारी दर्ता गराएका छन्। उनले अरू पदाधिकारी प्यानल बनाएका छैनन्।
अहिलेसम्म केन्द्रीय सदस्यमा ३० जनाभन्दा बढीको उम्मेदवारी दर्ता गरेका छन्।
केन्द्रीय सदस्य १३४ जना निर्वाचित हुने व्यवस्था छ। आज ५ बजेसम्म उम्मेदवारी दर्ताको समय छ।
कांग्रेसमा संस्थापन र संस्थापनइतर समूह प्यानलसहित चुनावी मैदानमा उत्रने तयारीमा छन्। तर दुवै समूहले उम्मेदवारको टुंगो अझै लगाएका छैनन्।
संस्थापन समूहबाट सभापतिमा शेरबहादुर सभापतिमा उठ्ने तय भइसकेको भए पनि संस्थापनइतरबाट कसलाई उठाउने भन्ने तयारी अहिलेसम्म भएको छैन।