नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाणले सभापतिमा फेरि शेरबहादुर देउवा नै आउनुपर्ने बताएका छन्।
राजनीतिक स्थिरता, पार्टी एकता र कार्यकर्ताको वृहत्तर हितका निम्ति पनि सभापतिमा देउवा नै अर्को कार्यकालका लागि पनि आउनुपर्ने तर्क उनको थियो।
केन्द्रीय समिति बैठकमा सहभागी आज हुन पार्टी कार्यालय सानेपा पुगेका खाणले पत्रकारहरूसँगको कुराकानीमा भने, ‘सभापतिमा देउवाको निरन्तरता आवश्यक छ।’
उनले सभापतिमा देउवालाई नै महाधिवेशन प्रतिनिधिले चयन गर्ने दाबीसमेत गरेका थिए।
प्रधानमन्त्रीसमेत रहेका देउवालाई नै सभापति बनाएर मुलुकमा आमनिर्वाचनलगायत काम गर्नुपर्ने खाणको भनाइ थियो। खाण महामन्त्री उठ्ने तयारीमा छन्।