नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका छन्।
उनले सभापतिको दौडबाट आफू पछि नहट्ने पनि बताए।
पार्टीलाई विधिसम्मत तवरले सञ्चालन गर्न आफूले सभापति पदमा उम्मेदवारी दिने पनि उनले बताए।
काठमाडौंको बानेश्वरमा आज कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गर्दै सिंहले भने, ‘म सभापतिको दौडबाट पछि हट्दिनँ। पार्टीलाई विधिसम्मत तरिकाले चलाउँछु।’
पौडेल पक्षबाट सर्वसम्मत रूपमा सभापतिको उम्मेदवार तय गर्ने भने पनि ढिलाइ भइरहेको छ।
वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले आफ्नो टिमबाट सभापतिमा एक उम्मेदवार दिने खण्डमा आफूहरूले सभापतिमा दाबी नगर्ने बताए पनि सिंह र शेखर कोइरालाबीच कसले कसलाई सभापति छाड्ने भन्ने विवाद छ।