कांग्रेस केन्द्रीय निर्वाचन समितिले १४ औं महाधिवेशनका लागि निर्वाचन कार्यक्रम जारी गरेको छ।
निर्वाचन समिति अनुसार मंसिर २४ गते बिहान १० बजे महाधिवेशन प्रतिनिधिहरूको नाम प्रकाशन गरिनेछ। १० बजेेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिनेछ। यस्तै उम्मेदवारी मनोनयन दर्तामाथि दाबी विरोध र जाँचबुझ मंसिर २५ गते साँझ ५ बजेदेखि सात बजेसम्म हुनेछ।
यसैगरी दाबी विरोधमाथि निर्णय २५ गते साँझ ७ बजेदेखि ९ बजेसम्म हुनेछ।यसैगरी उम्मेदवारको पहिलो नामवली प्रकाशन २५ गते बेलुका ९ बजेदेखि १२ बजेसम्म हुनेछ। त्यस्तै, मनोनयन पत्र २६ गते बिहान ११ बजेसम्म फिर्ता लिइसक्नुपर्नेछ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन २६ गते दिउँसो १२:१५ सम्म हुनेछ।
र मतदान २७ गते बिहान ८ बजेदेखि सुरू हुनेछ।