नेपाली कांग्रेस प्रदेश नम्बर १ का संसदीय दलका नेता राजीव कोइरालाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।
प्रदेश सभापतिका लागि गुरूराज घिमिरेले रामचन्द्र पौडेल-कोइराला प्यानलबाट पाएपछि कोइरालाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।
कोइरालालाई पौडेल-कोइराला पक्षबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने सूचीमा राखेको छ।
घिमिरे प्रदेशसभा सभापतिमा उद्धव थापासँग दुई मतले हारेका थिए।