नेपाली काग्रेसको शुक्रबारदेखि सुरू हुने १४ औं महाधिवेशन सभापति उम्मेदवार कसलाई बनाउने भन्नेबारे वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले लगातार छलफल गरिरहेको छ।
सुरूमा उक्त समूहबाट पौडेलसहित शेखर कोइराला, प्रकाशमान सिंह र शशांक कोइराला सभापतिका आकांक्षी थिए।
लामो छलफलपछि शशांक र वरिष्ठ नेता पौडेलले सहमतिका लागि आफूहरू दाबी छोड्न तयार रहेको बताएका छन्।
अब शेखर कोइराला र प्रकाशमान सिंहमध्ये एक जनालाई सभापति उम्मेदवार बनाउनु पर्ने छ। त्यसका लागि अहिले सिंह निवास चाक्सीबारीमा सभापतिका आकांक्षी र केन्द्रीय सदस्यको बैठक बस्दैछ।
उक्त बैठक अघि शशांक र प्रकाशमानबीच एक्लाएक्लै कुराकानी भएको छ। उनीहरूबीच के कुराकानी भयो भन्ने खुलाइएको छैन। मंगलबार नै सभापतिको दाबी छोडेका महामन्त्री कोइराला अहिले सहमतिको प्रयासका लागि पहल गरिरहेका छन्।