नेपाली कांग्रेसका नेता प्रकाश पन्थले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन्।
यही मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा कांग्रेसको महाधिवेशन छ।
यसपालि आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने पन्थले बताए।
‘अपांगतातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेको छु,’ उनले भने।
उनले अपाङ्गता भएका व्यक्तिहरुको आफ्नै कठिन भोगाइ र सिकाइहरुलाई कांग्रेस पार्टी र राज्यको नीति निर्माणमा समावेश गर्न, अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गर्न, उनीहरूको अधिकार सुनिश्चित गर्न र समाजका सबै क्षेत्रको साथ सहयोग जुटाई अपाङ्गता व्यक्तिको अधिकार प्राप्तिको लड़ाईलाई टुङ्गोमा पुर्याउन पनि पार्टी केन्द्रीय समितिमा जानुपर्ने आवश्यकता देखिएकोले उम्मेवारी दिन लागेको बताए।