नेपाली कांग्रेसको सहमहामन्त्री पदमा पूर्वराज्यमन्त्री सीता गुरूङले उम्मेदवारी दिने भएकी छन्।
पार्टीको यही मंसिर २४ गतेदेखि २७ गतेसम्म चल्ने १४ औं महाधिवेशनमा आदिवासी जनजातीतर्फ सहमहामन्त्री पदमा आफूले उम्मेदवारी दिने उनले बताइन्।
उनी पार्टीको केन्द्रीय आदिवासी जनजाती विभाग प्रमुख हुन्। उनी सभापति शेरबहादुर देउवा पक्षमा छिन्।
तेह्रथुमकी उनी नेविसंघबाट पार्टी राजनीतिमा आएकी थिइन्। उनी १२ औं र १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य भएकी थिइन्।
उनी ०७४ सालमा तेह्रथुमबाट प्रतिनिधि सभा निर्वाचनमा पराजित भएकी थिइन्। उनी यसअघि देउवा सरकारमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री थिइन्।