नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले पार्टीको १४ औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने भएका छन्।
आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले यसपालि सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
यही मंसिर २४ गतेदेखि २७ गतेसम्म कांग्रेसले १४ औं महाधिवेशन गर्दैछ। उम्मेदवारहरूको मनोनयन दर्ता मंसिर २५ गते गर्ने कार्यक्रम छ।
परियारले दलित समावेशीतर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दिने बताएका छन्।
उनले पार्टीमा संगठन सुदृढीकरणलगायतका काम गर्ने पनि बताएका छन्।