नेपाली कांग्रेसका नेता फरमुल्लाह मन्सुरले पार्टी केन्द्रीय सहमहामन्त्री पदमा उम्मेदवारी दिने भएका छन्।
कांग्रेसले यही मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्दैछ।
मन्सुरले मुश्लिम आरक्षण तर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिने भएका हुन्।
कांग्रेसमा आठ जना सहमहामन्त्री रहने विधानको व्यवस्था छ।
केन्द्रीय सदस्य रहेका मन्सुर यसपालि पार्टी पदाधिकारीमा उठ्न लागेका छन्।