नेपाली कांग्रेसका नेता रामचन्द्र पोखरेलले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा कांग्रेसको महाधिवेशन छ।
मंसिर २५ मा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ।
यसपालि पार्टी केन्द्रीय कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने पोखरेलले प्रेस विज्ञप्ति जारी गरेर घोषणा गरेका छन्।
उनी तनहुँका हुन्। उनी महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य छन्।
‘केन्द्रीय कार्यसमिति सदस्यमा मेरो उम्मेदवारी रहने संकल्पको घोषणा गर्दछु,’ उनले भनेका छन्।