पूर्वराज्यमन्त्री एवं नेपाली कांग्रेसका नेता टेकबहादुर गुरूङले पार्टी केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन्।
यही मंसिर २४ गतेदेखि २७ गतेसम्म हुने कांग्रेसको १४ औं महाधिवेशनमा गुरूङले केन्द्रीय समिति सदस्य पदमा उम्मेदवारी दिने बताए।
उनी मनाङ कांग्रेसका पूर्वसभापति हुन् भने उनी सुशील कोइराला प्रधानमन्त्री हुँदा श्रम तथा रोजगार राज्यमन्त्री थिए।
उनी मनाङबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पनि छन्।
आफू जनजाति कोटातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवार हुने उनले बताए।