नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई जनमुखी बनाउन उत्साहपूर्वक क्रियाशील हुन नेता तथा कार्यकर्तामा अपिल गरेका छन्।
प्रदेश सभापतिलगायत पदाधिकारीमा बिजयी भएकाहरूलाई बधाई दिँदै उनले निरूत्साहित नहुन भनेका छन्।
‘नेपाली कांग्रेसको रूपान्तरणमार्फत् राजनीतिलाई सम्मानित बनाउने अभियानमा सक्रिय हुन म हार्दिक अनुरोध गर्दछु,’ आज अपिल सार्वजनिक गर्दै उनले भनेका छन्।
साथै पौडेलले पार्टीलाई जनमुखी र स्वच्छ बनाउन क्रियाशील रहन पनि आग्रह गरेका छन्।
‘पार्टीलाई जनमुखी बनाउन उत्साहपूर्वक क्रियाशील रहन अनुरोध गर्दछु,’ उनले भनेका छन्।