नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।
आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर केन्द्रीय सदस्य समेत रहेका आङ्देम्बेले १४ औं महाधिवेशनमा आफूले सहमहामन्त्री (आदिबासी/जनजाती) पदमा उम्मेदवारी दिने घोषणा गरे।
नेता आङ्देम्बेले नेपाली कांग्रेस पार्टीलाई चुस्त र दुरूस्त बनाउँदै २१ औं शताब्दीको पार्टीमा रूपान्तरित गरी २१ औं शताब्दीका युवा उमेर र सोचलाई नेतृत्व गराउन सक्ने पार्टीमा रूपान्तरित गर्न सकिन्छ र त्यही ढंगबाट पार्टीलाई चलायमान गर्न नेतृत्वको आवश्यकता रहेकोले आफूले उक्त पदमा उम्मेदवारी दिन लागेको जनाए।
आदिबासी/जनजातिको तर्फबाट आफ्नो उम्मेदवारी रहेको उनले बताए।
कार्यक्रममा बोल्दै नेता आङ्देम्बेले समावेशी र सहभागितामूलक लोकतन्त्रलाई सार्थक बनाउन वर्तमान संविधानको रक्षा गर्दै यसको इमान्दारीपूर्वक कार्यान्वयन गर्न नेपाली कांग्रेसलाई सबल र एकताबद्ध बनाउन आफूले पहल गर्ने पनि दाबी गरे।