नेपाली कांग्रेस प्रदेश १ को सभापति पदको मतगणनामा गुरूराज घिमिरेको अग्रता कायम छ।
विराटनगरमा आइतबार दिउँसो २ बजेबाट सुरू भएको मतगणनामा हजार मत गन्दा घिमिरेले ५०३ मत ल्याएका छन् भने अर्का उम्मेदवार उद्धव थापाले ४५९ मत ल्याएका छन्।
सभापतिका दुई उम्मेदवारमध्ये घिमिरेलाई वरिष्ठ नेता रामचन्द्र पौडेलको समर्थन छ। थापा भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका नेता हुन्। थापालाई पार्टी सभापति शेरबहादुर देउवा समूहको पनि समर्थन छ।
अन्य पदाधिकारीतर्फको परिणाम यस्तो छ:
उपसभापति
१. गोविन्दप्रसाद ढुंगाना ( केदार )- ४४२
२. टंकप्रसाद राई- ४७३
३. रमेशजंग रायमाझी- ४९२
४. विश्वनाथ रिजाल (त्रिलोचन)- ३९७
महामन्त्री
१. उमेश थापा- ४८७
२. दिपनकुमार श्रेष्ठ- ४४९
३. पदमसुन्दर पालुङ्गवा- ४५४
४. भूपेन्द्र राई- ४४५
सहमहामन्त्री
१. प्रमिलाकुमारी गच्छदार- ४६७
२. सीता कार्की- ४६७
सह-महामन्त्री
१. खड्ग फागो- ५७६
२. रोहितकुमार साह- ३८४
३. विनोदकुमार बस्नेत- ४३३
४. वीरकाजी राई- ३८६
५. शुभचन्द्र राई- ४७