नेपाली कांग्रेस प्रदेश १ को सभापति पदको मतगणनामा संस्थापनइतर पक्षका गुरुराज घिमिरेले अग्रता लिएका छन्।
विराटनगरमा आइतबार दिउँसो दुई बजेपछि सुरु भएको मतगणनामा घिमिरेले प्रारम्भिक अग्रता लिएका हुन्।
दुई सय मत गणना हुँदा घिमिरेले १०८ मत ल्याएका छन् भने सभापतिका अर्का उम्मेदवार उद्धव थापाले ८३ मत ल्याएका छन्।
सभापतिमा उम्मेदवार दिएका घिमिरेलाई वरिष्ठ नेता रामचन्द्र पौडेलको समर्थन छ।
थापा भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका नेता हुन्। थापालाई पार्टी सभापति शेरबहादुर देउवा समूहले पनि समर्थन छ।
कांग्रेस प्रदेश १ मा ९ जना पदाधिकारीको लागि २० जना चुनावी मैदानमा छन्।