नेपाली कांग्रेसको लुम्बिनी प्रदेशमा भएको निर्वाचन अन्तर्गत आइतबार अपरान्ह ५ बजेसम्म ६१५ मत गणना भएको छ।
६१५ मत गणना हुँदा सभापतिमा अमरसिंह पुनले ३४४ मतका साथ अग्रता कायम गरेका छन्।
पार्टीको संस्थापन समूहका भरतकुमार शाहले भने २१६ मत ल्याएका छन्।
उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा पनि पुनकै प्यानलमा रहेका उम्मेदवारले अग्रता लिइरहेका छन्।
सहमहामन्त्रीमा शाहको प्यानलबाट उम्मेदवार बनेकी माया पुनले भने पछ्याइरहेकी छन्।
उपसभापतिमा पुनको प्यानलका अष्टभुजा पाठकले ३१९ र भुवनप्रसाद श्रेष्ठले ३३१ मत प्राप्त गरेका छन्।
शाह प्यानलका उम्मेदवार राजु खनालले २१६ र सुधाकर पाण्डेले १९१ मत प्राप्त गरेका छन्।
त्यस्तै, महामन्त्रीमा पुनको प्यानलका बिक्रम खनालले ३३८ र सुरेन्द्रराज आचार्यले ३२९ मत ल्याउँदा शाहको प्यानलका खिमान सिंह रायमाझीले १९४ र जन्मजय तिमल्सिनाले १९२ मत प्राप्त गरेका छन्।
त्यसैगरी, सहमहामन्त्री पुन प्यानलका विष्णु मुस्कान र खगराज पाण्डेलाई शाहको प्यानलकी माया पुनले पछ्याइरहेकी छन्। जसअनुसार पुनको प्यानलका विष्णु मुस्कानले ३६९, खगराज पाण्डे ३३६ र शाहको प्यानलकी माया पुनले ३३४ मत प्राप्त गरेकी छन्।
सहमहामन्त्रीमा पुनको प्यानलकी निमा गिरीले ३१७ मत ल्याएकी छन् भने शाहको प्यानलका लक्ष्मीनारायण श्रेष्ठले २१० र सरिता चौधरीले २०६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
अहिलेसम्मको मत परिणामलाई हेर्दा प्रतिनिधिहरूले प्यानलमा मत दिएको देखिएको छ।