नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्य समितिका संस्थापन पक्षको प्यानल विजयी भएको छ।
प्रदेश सभापतिमा देउवा पक्षका वीरबहादुर बलायरको प्यानलले पौडेल पक्षका नारायणदत्त मिश्रसहितको प्यानललाई पराजित गरेको हो।
शनिबार भएको निर्वाचनमा जम्मा खसेको १ हजार ३ मतमध्ये प्रदेश सभापतिका लागि बलायरले ६८८ मत प्राप्त गरे।
सभापतिका अर्काे उम्मेदवार पौडेल पक्षका मिश्रले २ सय ८० मत मात्रै प्राप्त गर्दै पराजित भए।
उपसभापतिमा देउवा पक्षकै बलायर प्यानलबाट जनकराज चौधरी ६१० र लोकराज अवस्थीले ५३३ मत प्राप्त गरेर विजयी भएका हुन्।
पौडेल पक्षका गौपालसिंह गुरूङले २८१ र मान बहादुर रावलले २६३ मत प्राप्त गरेर पराजित भए।
यस्तै, उपसभापतिकै अर्काे उम्मेदवार हिमबहादुर रावल पनि १२१ मत प्राप्त गरेर पराजित भएका छन्।
महामन्त्रीमा बलायरकै प्यानलबाट मेघराज खड्का ६३५ र नरनारायण शाह मनु ६४८ मत पाएर विजयी भएका हुन्।
पौडेल पक्षका प्रताप गुर्धामीले २१४ र राम बहादुर शाहीले ३०३ मत प्राप्त गरेर पराजित भए।
सहमहामन्त्रीमा खुलातर्फ बलायर प्यानलका चिन्तामणी भट्टले ५३३, गोपाल दत्त भट्टले ५२९ मत प्राप्त गरेर विजयी भए।
पौडेल पक्षका पदमराज पन्त २५५, नरेन्द्रप्रसाद भट्टले २१२ मत प्राप्त गरेर पराजित भए।
सहमहामन्त्रीका उम्मेदवार लक्ष्मण बहादुर शाहीले १६४ र हर्क बहादुर स्वारले ६८ मत प्राप्त गरे।
सहमहामन्त्री महिलातर्फ बलायरकै प्यानलबाट अम्बिका कुमारी चलाउने ६८६ ल्याएर विजयी भइन्।
पौडेल पक्षकी खीना भण्डारी कुँवरले भने २३२ मत मात्रै प्राप्त गरेर पराजित भएकी छिन् ।