नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा निर्वाचित भएका छन्।
आज बिहान सकिएको मतगणनाअनुसार ६१२ मतसहित शर्मा सभापति पदमा निर्वाचित भएका हुन्।
शर्मा वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट हुन्। गण्डकीमा एक हजार एक सय ४६ मत खसेको थियो।
अधिकांश पदाधिकारी शर्मा प्यानलबाट जितेका छन्।
सभापतिका अर्का उम्मेदवार अर्जुन जोशी पराजित भएका छन्। जोशी सभापति शेरबहादुर देउवानिकट हुन्।