नेपाली कांग्रेसको वागमती प्रदेशमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ।
निर्वाचन समितिका अनुसार करिब आधा मत गणना भइसकेको छ। जसमा सभापतिका उम्मेद्वार इन्द्र बानियाँले अग्रता लिएका छन्।
१ हजार ३ सय ७३ मत गणना हुँदा वाग्मती प्रदेश सभापति पदका उमेदवार इन्द्र बानियाँले ६८१ मतसहित अग्रता लिइरेहका छन्। यस्तै जगदीश्वरनरसिंह केसी ५४९ मत ल्याएर बानियाँलाई पछ्याइरहेका छन् भने भीमसेनदास प्रधानले १३३ मत पाएका छन् ।
हेटौंडामा शनिबार भएको मतदानमा २ हजार १ सय ५१ मतदाताममध्ये २ हजार ८३ मत खसेको थियो।
अधिवेशनबाट पदाधिकारीतर्फ प्रदेश सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन जना सहमहामन्त्री निर्वाचित हुनेछन् ।
वाग्मती प्रदेश सभापतिमा त्रिपक्षीय भिडन्त हुँदैछ । संस्थापन, पौडेल र सिटौला तीनवटै समूहले उमेदवार उठाएका छन् ।
संस्थापन अर्थात् सभापति शेरबहादुर देउवा समूहबाट इन्द्र बानियाँ, पौडेल समूहबाट जगदीश्वरनरसिंह केसी र नेता कृष्णप्रसाद सिटौला समूहबाट भीमसेनदास प्रधान सभापति पदका उमेदवार बनेका छन्।