प्रदेश १ कांग्रेस अधिवेशनको मतदान सरेको छ।
मतपत्रमा भएको त्रुटिले गर्दा मतदानको समय सरेको हो।
शनिबार बिहान ८ बजेदेखि मतदान सुरू गर्ने निर्वाचन समितिको तयारी थियो।
तर, मतपत्रमा त्रुटि देखिएसँगै मतदान सरेको हो। निर्वाचन समितिले त्रुटि सच्याएर दिउँसो १ बजेदेखि मतदान थाल्ने बताएको छ।
नेपाली कांग्रेस प्रदेश १ को अधिवेशनमा नौ पदाधिकारीका लागि २० जनाको उम्मेदवारी परेको छ।
शुक्रबार भएको उम्मेदवारी मनोनयन दर्ताका क्रममा नौ पदाधिकारी पदमा २० जनाले उम्मेदवारी दर्ता गरेका छन्।
पहिलोपटक पार्टीभित्र प्रादेशिक संरचनाका लागि चुनावी अभियानमा रहेको सत्तारूढ कांग्रेसको प्रदेश १ सभापतिमा गुरूराज घिमिरे र उद्धव थापाबीच प्रतिष्पर्धा हुने पक्का भएको छ।
प्रदेश १ मा संस्थापन पक्षबाट झापाका थापा र संस्थापन इतर पक्षबाट मोरङका घिमिरे प्रदेश सभापतिमा भिड्ने तय भएको हो।
प्रदेश १ मा नेता कृष्णप्रसाद सिटौला देउवा समूहसँग मिलेको छ।
सिटौला पक्षकै उम्मेदवार थापाले पौडेल कोइराला पक्षका नेता गुरूराज घिमिरेसँग प्रतिष्पर्धा गर्नेछन्।
प्रदेशको २ जना उपसभापतिमा गोविन्द ढुंगाना, टंक राई, विश्वनाथ रिजाल र रमेशजंग रायमाझीले उम्मेदवारी दिएका छन्।
२ जना महामन्त्रीका लागि दिपेन श्रेष्ठ, भूपेन्द्र राई, उमेश थापा र पदम सुन्दर पालुङ्गा र सहमहामन्त्रीको महिला २ जना र खुला २ जनामा प्रमिला गच्छदार, मान बहादुर लिम्बू, अन्जना ताम्ली, रोहित साह, सुभचद्र राई, सीता कार्की, वीरकाजी राई, विनोदकुमार बस्नेत, खड्गबहादुर फागो र इन्दीरा थापाले उम्मेदवारी दिएका छन्।