नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले आसन्न महाधिवेशनमा आफू उपसभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन्।
विराटनगरमा शनिबार पत्रकार सम्मेलन गर्दै आचार्यले कांग्रेसको विधान, नीति र प्रशिक्षणहरूको नेतृत्व गर्न आफू उपसभापति पदमा उम्मेदवारी दिन लागेको बताए।
उनले कांग्रेर वैचारिक हिसाबले विचारशून्य बन्दै गएको, सैद्धान्तिक-वैचारिक छलफल हुन छोडेको बताए।
‘पार्टीमा प्रदूषित निर्वाचन प्रणाली मात्र हावी भयो, सैद्धान्तिम-वैचारिक छलफल हुन छोड्यो,’ पूर्वमन्त्री आचार्यले भने।
उनले त्यस्तो वैचारिक हिसाबले कांग्रेसलाई अगाडि बढाउने सभापति को? भन्ने प्रश्नमा भने, ‘सभापति जो भए पनि म उहाँलाई कन्भिन्स गरेर अघि बढ्छु।’